काठमाडौँ । शुक्रबार देशभरको मौसम नखुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम ठाउँपिच्छे फरक हुनेछ । सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । वर्षा पनि हल्कादेखि मध्यम खालको हुने जनाइएको छ ।

शुक्रबार सबै प्रमुख नदीहरुमा जलसतह सामान्य रहने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।  शाखाले शनिबार भने कर्णाली नदी र यसका सबै शाखा नदीहरु – भेरी, कर्णाली, पश्चिम सेती लगायतमा पानीको बहाब उल्लेख्य बढ्ने जनाएको छ । आइतबार भने प्रमुख नदीहरुमा जलसतह सामान्य रहने  पनि शाखाले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter