कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमा पईप बाट ग्याँस पुर्यईदिन्छु भन्दा धेरैले उनलाई हासो मजाकको पात्र बनाए । उनले बेला बेला यहि कुरालाई जोड दिदाँ त् उनको विरोधी हरु पनि बढे । तर केपी शर्मा ओलीले देखेका हरेक सपना विस्तारै पुरा हुने देखिएको छ ।

जब विराटनगरमा घर घरमा पाइप बाट ग्याँस पुग्यो, स्थानीय दंग छन् र यसै सफलताले गर्दा देशभरि नै जनता सरकार संग सकारात्मक बन्दै गएका छन् र प्रधानमन्त्रीका सपना पुरा हुनेमा विश्वस्त भएका छन् । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर विराटनगरबासिले कहिल्यै सोचेका थिएनन्। तर अहिले विराटनगरमा ३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउँदै छन् ।

ग्याँसको बिल कति आउँछ बाहिर ढोकामा देखिने गरि राखिएको छ । करिब ६५ लाखको लागतमा यो परियोजना सञ्चालन भएको हो । स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाइ वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पु¥याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्यास पाइप जडान गरिएको छ ।

गौ सेवा सदनमा पाका गाई र बाच्छा बाच्छी गरी २ सय ५ चौपाया रहेका छन् । ०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको उक्त गौशालाबाट निस्किएको गोबर कसरी सदुुपयोग गर्ने भन्ने समितिले छलफल चलाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले सोबारे चासो राखेको थियो। भरपर्दो सहयोगी दातालाइ गुहारेपछि अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रोजेक्ट बनेको हो ।

गोबरलाई हरेक दिन ग्यास प्लान्टमा राखिन्छ । ग्यास बनेर भण्डार भएपछि सीधै सर्वसाधारणको भान्सामा पुुग्छ भने बाँकी ठोस पदार्थलाई खुला प्लान्टमा राखिन्छ । जैविक किरालाई खुवाएर कुहिने बनाएपछि ९० दिनमा कम्पोस्ट मल तयार हुन्छ । यसरी तयार भएको मल बजारमा प्रतिकेजी १२ रुपैयाँसम्म बिक्री हुने गरेको समितिले जानकारी दिएको छ । ५ सय गाई अट्ने क्षमता भएको गौशालामा थप गाई थपिने र वैकल्पिक ऊर्जाको क्षमतालाई पनि बढाउँदै जाने योजना समितिको रहेको छ ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।
तस्विर : अन्नपुर्णपोष्ट 

 

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter