साउन-२०, स्याङ्गजा/  नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो ।

गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। एक छोरा, एक छोरी छन्। पहिलो संविधानसभा निर्वाचनमा र प्रदेशसभा १ क बाट भने पराजित भएका थिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter