हाम्रो देश नेपाल अनी हामी नेपाली बिभिन्न आरोह अबरोह पार गर्दै अहिले एउटा स्थिर बिन्दुमा उभियका छौ । बिभिन रुपका, बिभिन्न नामका र बिभिन्न मागका आन्दोलन र त्यस पछाडी प्राप्त उपलब्धी हरु राजनैतिक हिसाब ले अब सस्थागत भैसकेको अवस्था हो भन्दा अब फरक नपर्ला ।  देशमा झन्डै दुई तिहाइको स्थिर सरकार बनिसकेको छ भने देस संघिय ढाचामा गयर निर्बाचित  स्थानिय निकाय देखी प्रदेस सरकार समेत गठन भयर नयाँ सम्विधान लागु भैसकेको अवस्था छ ।  पछाडी फर्केर हेर्ने हो भने पटक पटक जनताले परिवर्तन को निमित्त गरेको आन्दोलन त्याग र बलिदानको फलस्वरुप संघिय  गणतन्त्र  नेपाल सस्थागत हुने अन्तिम चरण मा छ ।

लामो सशस्त्र द्वन्द, जनआन्दोलन पस्चात  लोकतन्त्र, गणतन्त्र हुँदै देश संघियता मा गैसकेको बर्तमान स्थितिमा आशाबादी हुन सकिने प्रशस्त ठाउँ छन ।  अहिले देशमा न कुनै द्वन्द छ न सङ्कटकाल त न कुनै सङ्क्रमणकाल ।५ बर्षको लागी जनादेश प्राप्त सरकार अनी स्थानीय निकाय पनि छ ।  अब देशलाई प्रगती पथ मा डोहोराउनु बाहेक सरकारको कुनै अरु बाँकी कार्यभार देखिदैन । जनताले परिवर्तन को नाम मा गरेको त्याग र बलिदानको फल मिल्ने बेला अब आयको छ ।

नेपाल एउटा बिकासोन्मुख मुलुक हो । सबै भन्दा ठुलो कुरा स्थिरता र राजनैतिक सुशासन हो जसको प्रत्याभुती आम सर्बसाधारण जनतालाई हुन जरुरी छ ।  राजनिती किन र कसका लागी, सरकार के का लागी अनी जनताले भोट दियर सत्तामा पठायको के का लागी यि अनी यस्ता अनेकन प्रश्न यती बेला खडा भयका छन । यि सारा प्रश्न को जबाफ सरकारले बिकास निर्माण अनी जनतालाई आँफै महसुस हुने परिवर्तन मार्फत दिनु अहिलेको प्रमुख आवस्यकता हो ।

अब देश सुशासन तर्फ अगाडि बढ्नेछ, अब का बर्ष बिकास निर्माण का बर्ष हुनेछन ।  नाताबाद, कृपाबाद  अनी घुसखोरितन्त्र बाट मुलुक उठेर अब बिकास को द्रुत मार्गमा लम्किनेछ अनी पार्टिको चुनाबी घोषणा पत्र मा मात्रै होइन साच्चै नै मुलुक ले बिकास निर्माण मा कायापलट गर्ने छ भन्ने निश्चिन्तता यती बेला हरेक नेपाली जनता ले चाहेको छ । राजनीतिक बहस, बिभिन्न खाले सिदान्त र बिभिन्न बाद का पछाडी  हामी दशकौ अल्झियौ ।  अब त्यस्ता फजुल बहस र जनता झुक्क्याउने गुलियो सपना धेरै नबाढिकन सिधा नतिजा उन्मुख काम मा लाग्नु जरुरी छ ।

जबसम्म तल्लो तहका जनताका दैनिक जिबनयापन सग जोडीने बाटोघाटो, खानेपानी, स्वास्थ तथा शिक्षा जस्ता आधारभुत आवस्यकता सहज रुपमा उपलब्ध हुन सक्दैनन तब सम्म देशले बिकास को गती लिन सक्दैन । पहिलो चरणमा जनजिबिका का प्रधान मुद्दा लाई सम्बोधन गरेर मात्रै दोस्रो चरणको बिकास मा जानु पर्दछ । दुई छाक टार्न पनि मुस्किल रहेका जनतालाई तत्काल जिबिको पार्जन गर्न सक्ने कार्यक्रम पछाडी मात्र बिकास निर्माण मा अगाडी बढ्नु  पर्दछ ।

अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर अगाडी बढ्न सकेमा मात्र दिगो बिकास को सम्भाबना रहन्छ । हामी अहिले कहाँ छौ र हामी पुग्ने गन्तब्य कहाँ हो पहिला त्यो निर्क्यौल गरेर मात्र अगाडी जान सकिन्छ । प्रारम्भिक चरणमा  महत्वकाङ्क्षी योजनाका पछाडी  लागेमा आधारभुत आवस्यकता पनि पुर्ती नहून सक्छन ।  बिकास भनेको चरण चरणमा हुने कुरा हो, बिकसित मुलुक पनि धेरै चरण पार गरेर मात्र आजको अवस्थामा  आइपुगेका हुन । बस हिड्ने सामान्य बाटो पनि नभयको अवस्थामा बुलेट ट्रेन को योजना दिवा स्वप्न हुन सक्छ ।  हाम्रो बिकास को अवस्था, तत्कालिक आवस्यकता र त्यो पुर्ती हुने सम्भाबना  हेरेर मात्र अरु योजना बनाइनु पर्दछ न कि कुनै लहड र महत्वकाङ्क्षा का पछाडी लागेर ।

भाषण धेरै सुनियो, आस्वासन र सपना धेरै देखाइयो । सबै दलका चुनाबी नारा र अाकर्शक घोषणापत्र धेरै पढियो ।  अब कुनै बाधा छैन, बीकासको निम्ती सबै जनताको चाहना र साथ छ । सरकारले परिवर्तन को बिगुल फुकोस सबै जना साथ दिन तयार छन । यती बेला देशमा सुशासन र स्थिर सरकार को थोरै प्रत्याभुती हुन थालेको बेला बिकास निर्माण कार्य एकैसाथ अगाडि बढाउन सकेमा मात्र साच्चै व्यबहार मा नयाँ नेपाल बन्ने छ अनी सम्रिद्द नेपाल को सपना पुरा हुने छ । —जनक बराल

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter