मन बिनाको धन ठुलो कि धन बिनाको मन गित र अन्य गित हरु संगै पछिल्लो समय चर्चामा आएका बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो सार्वजनीक गरिएको छ । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर उर्फ स्माईल धिमालले अभिनय गरेका छन् । हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् ।

भिडियोको निर्देशक सुमन योञ्जन, दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter