बिहान  ७ बजे म एरपोर्ट बाट बाहिर निस्के अनी ट्याक्सी खोजे । अहिले एरपोर्ट बाट एउटा खाले भ्यान मात्र छुट्दो रहेछ । त्यस को फिक्स रेट रहेछ ९०० ।मलाई एरपोर्ट  बाट चक्रपथ जानु थियो, मैले ९०० महँगो भयको र त्यती तिर्न नसक्ने कुरा गरे तर आधा घण्टा कुर्दा पनि अर्को बिकल्प नदेखिय पछी वाध्य भयर त्यै भ्यान  चडेर गन्तब्य मा लागे । देश को एउटा मात्र अन्तरास्ट्रिय एरपोर्ट, सिन्डिकेट खारेजी को कुरा हुँदै छ ।  एरपोर्ट बाट चक्रपथ पुगेको त्यती भाडा कसरी अनी कुन हिसाब ले निर्धारण गरियो सोध्न मन थियो तर को सग सोध्ने ?

साउन दोस्रो साता शहिद गंगालाल हृदय रोग हस्पिटल मा गय । लाइन बस्ने बिरामी लाई सहज होस भनेर टोकन सिस्टम  राखियको रहेछ ।बिहान ८ बजे बाट २ वटा काउण्टर सुरु भय ।   टोकन नम्बर र काउण्टर नम्वर सिस्टम बाट भनिदै थियो र दुई ओटै काउण्टर  को माथी डिस्प्ले मा पनि देख्न सकिन्थ्यो ।  करिब ४५० भन्दा बढी सेवाग्राही त्यहा उपस्थित थिय । काउन्टर नम्वर १ मा बल्ल ५ नम्बर जादै थियो भने काउण्टर मै लाइन मा खडा थिय २०६ नम्बर टोकन बोकेका एक अर्धबैसे पुरुष । टिकट त त्यहा नियम मा नै बाडिदै थियो तर टोकन नम्वर ४०० माथिका ब्यक्ती हरु सबै काउण्टर मै झुम्मियका थिय । फेरी ल्याब मा गय, त्यहा पनि टोकन सिस्टम नै थियो तर त्यहा पनि त्यस्तै अनियन्त्रित भिड थियो । प्रशासन ले त लाइन मा भिडभाड नहोस, सेवाग्राही लाई सहज होस भनेर नै टोकन सिस्टम राखेको थियो । बल्ल काउण्टर सुरु भयो, टोकन नम्बर ४०० को पालो आउन कम्तिमा डेढ घण्टा लाग्छ, त्यती बेला सम्म धैर्यता गर्नुस बरु बाहिर गयर चिया कफी पियर आउनुस, काउण्टर मा अनावश्यक भिड नगर्नुस भनेर अरुले सम्झाउने हो कि आँफैले बुझ्नु पर्ने हो ?

गोंगबु बसपार्क बाट हायस बस चढ्न को लागी काउण्टर मा गय ।  मान्छेको पाच सय भाडा र लगेज को तीन सय गरेर ८ सय लाग्ने कुरा गरे ।  मैले लगेज मा टासियको १६ केजी को ट्याग देखायर लगेज को भाडा लिन नमिल्ने कुरा गरे ।  उनिहरुले नमाने पछी १६ केजी को झोलाको २०० भाडा तिरेर गाडी चढे । बिदेस बाट आयको र लगेज बोकेको मान्छे लाई जती भने पनि पैसा तिर्छ भन्ने मनोब्रित्ती हाबी भयको छ सबैको मनमा । बस अगाडी  बढ्यो, बसपार्क बाटै प्राय यात्रुले बाटोमा खाने पिउने सामान किनेका थिय । एक जना बिस बर्ष जती उमेरकी देखिने युबती मेरो अगिल्लो सिट मा थीइन ।  देख्दा निकै आधुनिक देखिने, लवाइ खवाइ पनि आधुनिक पाराकै देखिन्थ्यो तर बिडम्बना उनी बस लाग्दो रहेछ। सहचालकले बान्ता गर्ने को लागी प्लास्टिक  बाडे ।  उनिले बान्ता गरिन, बस हिड्दै थियो, झ्याल बाट बिच बाटोमै त्यो फोहोर प्लास्टिक फालिदीइन । अनी सुरु भयो फोहोर फ्याक्ने सिलशिला । कोही बदाम को, कोही लेज कुरकुरेको, कोही पानीको हरेक यात्रु बेप्रबाह र निस्फिक्री रुपमा झ्याल बाट गाडीको गती सगै फोहोर जती झ्याल बाट फाल्दै थिय । दिनहु प्रिथिबी राजमार्ग हुँदै भित्रिने र बाहिरिने सबै गाडीका यात्रुले  यसरी नै फोहोर फाले भने राजमार्ग को हालत के होला ?

हायस खाजा खान रोकियो ।  जहाँ रोकियो त्यहा वरपर अरु होटेल अनी पसल थियनन । सामान्य  नास्ता सेट को मुल्य  २५० रहेछ अनी त्यती सरसफाइ पनि थियन । मैले एक प्लेट  चना मात्र मागे, कि त सेट नै खानु पर्ने नत्र १ प्लेट किन्न नपाईने बुझे पछी मैले एउटा जुस मात्र किने । फेरी गाडी अर्को ठाउमा  खाना खान को लागि रोकियो ।  खाना खाने ठाउँ अनी फोहोर, अब्यबस्थित अनी अती महङ्गो थियो । खाना त्यस्तो ताजा पनि लाग्दैन  थियो अनी स्वादिलो पनि थियन ।बिदेसमा  हुन्थ्यो भने यती धेरै यात्रुले  खाना खाने होटेल यती धेरै फोहोर अनी भद्रगोल हुँदा ठुलो धनरासी जरिवाना का साथमा फेरी कहिले नखुल्ने गरी बन्द हुन्थ्यो, यहाँ जनताको स्वास्थ  को चासो र चिन्ता कसले लीइदिने ?

राजाधानी काठमान्डौ का मुख्य सडक देखी राजमार्ग त ठुला तथा साना ग्रामीण सडक ।  सबै सडकको  अवस्था बयान गरी साध्य छैन ।  जता सुकै खाल्डाखुल्डी, जता सुकै भात्कियका अनी टालेका सडक अनी आफ्नो ज्यान हत्केलामा  राखेर यात्रा गर्न वाध्य सर्बसाधारण  यात्रु ।  कहाँ कती बेला के  हुने हो कुनै ठेगान छैन, गन्तब्य मा सहि सालामत पुगिने हो होइन सब भगवान भरोसा मा चलेको हाम्रो जिन्दगी । सडक चक्लाबन्दी, सडक को स्तर उन्नती अनी सडक मर्मत तथा कालोपत्रे हिउद मा अलिक गुणस्तर का साथ मा नगरेर असार मसान्त को झरिमा नै गर्नु पर्ने कारण के, जबाफ दिने कसले ?

स्वतन्त्र  भयर एक ठाउमा घोत्लियर सोच्ने हो भने हामी कता जादैछौ, यही पाराले साच्चै सम्रिद्द अनी नयाँ नेपाल बन्ला त ? देश बिकास नहुनुमा शासन ब्यबस्था र सासक मात्र जिम्बेवार छन कि त्यस मा हामी सर्बसाधारण को पनि हिस्सा छ ? साच्चै ब्यबस्था परिवर्तन गर्न जनताको पनि हात हुन्छ कि नेताको मात्रै ।  सबैले सोच्ने समय आयो कि ?
-जनक बराल

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter