साउन २३, काठमाडौं / एक व्यस्त सडकमा अजिंगरले परेवा खाएको भेटिएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका फोटो र भिडियोमा अजिंगरले परेवालाई बेरेको देखिएको थियो । पूर्वी लन्डनमा शनिवार बिहान लेटोनस्टोन हाई रोडको एक पसलअगाडि यो दृश्य देखिएको हो । पहिल्यै मरिसकेको परेवालाई मानिसहरूले अजिंगरको अगाडि राखिदिएको दी इभनिङ स्ट्यान्डर्ड पत्रिकाले लेख्यो ।
जनावरहरूको संस्था आरएसपीसीएलाई घटनास्थलमा बोलाइएको थियो । संस्थाकी प्रवक्ताले अजिंगरले चरालाई शिकार गरेर नमारेको विश्वास लिएको बताइन् । अजिंगरलाई नजिकैको वन्यजन्तु केन्द्रमा लगिएको थियो । सोमवार मात्र आठ फीट लामो अजिंगर एक्सेटरमा एक दृष्टिविहीन व्यक्तिको फ्ल्याटमा चढेको समाचार आएको थियो ।
एजेन्सी