काठमाडौं– बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा बढुवा सहित विभिन्न १३ वटा निर्णय गरेको छ।

२ सहसचिवलाई सचिवमा बढुवा गरिएको छ भने अन्य २ जनालाई कामु सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै ४ वटा बिधेयक पास भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार यस्ता छन् मन्त्रिपरिषद्का निर्णय–

१.जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय)ऐन २०६८ लाई संशोधन गर्न बनेको संघीय संसदमा पेश गर्ने

२.आवासको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

३.सामाजिक सुरक्षा सम्बन्धि बिधेयक संघीय संसदमा पेश गर्ने

४.अपराधबाट पीडितको संरक्षण सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

५ प्रदेश नम्बर ५ कायममुकायम प्रमुख सचिव तिर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई सचिव पदमा बढुवा गर्ने

६.गृह मन्त्रालका सहसचिव केदार न्यौपानेलाई कायममुकायम सचिवको जिम्मेवारी दिने

७.बढुवा भएका तिर्थराज ढकाललाई ५ नम्बर प्रदेशको प्रमुख सचिवमा र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन

८.कामु सचिवको जिम्मेवारी दिइएका केदार न्यौपानेलाई प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन

९.प्रदेश नम्बर ३ प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

१०.नेपाल लेखा परिक्षण सेवाको बिशिष्ट श्रेणीको पदमा राममाया कुँवरको बढुवा

११.पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने

१२.आर्थिक वर्ष २०७५/७६ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टर २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको प्रति क्विन्टर २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोक्ने

१३.साबिकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अब सम्बन्धित व्यक्तिको वडा कार्यालयबाट उपलब्ध गराउन

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter