काठमाडौं,साउन २८ –  काठमाडौंको गोंगबुबाट एक बालक ‘अपहरण परेका छन् । सोमवार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आईपुगेकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत अपहरणमा परेका हुन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएकी सीताले प्रहरीमा दिएको उजुरी अनुसार तनहुबाट काठमाडौं आइपुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।

तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् । मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको र काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् । उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् । प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter