काठमाडौं,साउन २४ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सरकार गठन भएको पाँच महिनामा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको उपलब्धीमा सुशासन, हवाइ सेवा, अर्थ प्रशासन, शिक्षा, सुरक्षा लगायतका विभिन्न क्षेत्रका उपलब्धीहरुलाई छुट्याएर बुँदागत रुपमा उल्लेख गरिएको छ। जसमा विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल भएको दावी प्रस्तुत गरिएको छ ।

‘प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै २० क्षेत्रमा विभिन्न उपलब्धि भएको दावी गर्दै तिनको सूचीसमेत दिइएको छ ।

७२ पृष्ठको कार्यप्रगति विवरणमा सिन्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, विकास निर्माणका काममा दु्रतता, औचित्यहीन भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्य लगायतका विषयलाई सरकारले आफ्नो प्रगतिमा हाइलाइट्स गरेको छ । सामाजिक सुरक्षा भत्तामा पारदर्शीता र राजदूत नियुक्तीमा मापदण्ड तय गरिएको विषयलाई पनि सरकारले मुख्य कामको सुचीमा राखेको छ । गत वर्ष फागुन ३ मा उनी प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिवेदन

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter