काठमाडौं, साउन ३० – लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी सुरक्षाको कारण देखाउदैं स्थगित गरिएको छ । भारतीय दूतावास र नेपाल सरकार भ्रमणको तयारीमा जुटिसकेका भए पनि अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको दूतावासले जनाएको छ ।

भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका हुन । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने उनको तयार थियो । बिमस्टेक सम्मेलनका लागि विभिन्न ६ वटा मुलुकका प्रतिनिधिहरु नेपाल आउन लागेका छन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter