पोखरा, साउन ३० / आफ्नो नियुक्ति खारेज गरेको भन्दै यतिबेला गण्डकी प्रदेशका सामाजिक परिचालक हरु आन्दोलनरत छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आन्दोलनरत सामाजिक परिचालकहरु माथि प्रहरीले हस्तक्षेप पनि गरेको छ । धेरै जसो महिला सामाजिक परिचालकहरु आन्दोलनमा देखिएका छन्, । प्रहरीले उक्त आन्दोलनलाई हटाउन महिला प्रहरीहरु लाई नै खटाएको छ ।

आफुँहरुलाई अपमान गर्दै सामाजिक परिचालकको मात्रै नभई लगाउन मिल्ने जति सबै काम गराएर अहिले हामीलाई हटाउने निर्णय मान्य नभएको आन्दोलनरत एक सामाजिक परिचालक कल्पना वास्तोला खनालले बताईन् । उमेर हदबन्दि नलगाउने, शैक्षिक योग्यता अनुसारको सेवा सुविधा दिनुपर्ने  र पुनर्बहाली गराउनु पर्ने माग रहेको खनालले बताईन् । आफ्ना सम्पूर्ण मागहरु पुरा नभए सम्म आन्दोलन नरोकिने बताईन् ।

प्रदेशमा ४८५ जना सामाजिक परिचालकहरु कार्यरत छन् । आज आन्दोलनको चौथो दिनमा उनीहरुले मुख्यमन्त्रि निवास नजिकै प्रदशन गरिरहँदा प्रहरी संग धेकालाधकेल भएको थियो । उनीहरुलाई असार मसान्तपछि श्रोतका आधारमा नियुक्ति दिन सरकारले स्थानीय तहलाई परिपत्र गरेको छ । तर कर्मचारी आवश्यक नरहेको भन्दै अधिकांश स्थानीय तहले काममा खटाएका छैनन् ।
भिडियो हेर्नुहोस

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter