काठमाडौं,साउन ३१- हृदयेश त्रिपाठी लगायतका अन्य नेताहरू आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्दैछन् । नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीवार आयोजित एक कार्यक्रममा त्रिपाठी लगायतका नेताहरू नेकपा प्रवेश गर्न लागेका हुन् ।

हृदयेश त्रिपाठीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सूर्य चिह्नलिइ नवलपरासीबाट चुनाव लडेका थिए ।त्रिपाठी सहित सांसद वृजेशकुमार गुप्ता, नेता पशुपति दयाल मिश्र लगायत पनि नेकपा प्रवेश गर्दैछन् । नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका छन । सोही कार्यक्रममा ओखलढुंगाका नेपाली कांग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter