काठमाडौं- कक्षा १२ मा एउटा विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा ‘डी प्लस’ ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्याएका विद्यार्थी स्नातक तहमा भर्ना हुन पाउने मापदण्ड तोकेपछि बोर्डले डी र ई ग्रेड ल्याउनेलाई पनि मौका परीक्षा दिने बाटो खुल्ला गरेको हो ।

यसका लागि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विद्यालय शिक्षामा अक्षरांक पद्धति (लेटर ग्रेडिङ) कार्यान्वयन कार्यविधि २०७२ संशोधन गरेको छ । संशोधनमा कक्षा ११ र १२ मा कुनै एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षा दिन मिल्ने प्रावधान ल्याइएको छ । यो निर्णयसँगै थप ५० हजार धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । यस अघि ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ६५ हजार थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter