काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नै नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका कममा उनीहरुले माइतीघर मण्डलामा र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताएका हुन् ।

सदस्य रामनारायण बिंडारीले नेपाली समाज बिकृत हुँदै गइरहेको र संसारमा भएका बिकृतिहरु माइतीघर मण्डालामा र सडकमा देखाउन थालिएको भन्दै रोष प्रकट गरे । ‘हाम्रा देशमा राम्राराम्रा कुराहरु पनि भित्रिएछन्, अपराध पीडितलाई संरक्षण गर्ने कानून पनि आएछन्’, बिडारीले व्यंग्य गर्दै अगाडि भने, ‘मान्छे सिंगै सडकमा ल्याउनी, युवालाई ल्याउनी, युवतीलाई ल्याउनी !’

सडकमा नाङ्गै प्रदर्शन गर्नेहरु नेपाली नभएको र नेपाल बिरोधी रहको आरोपसमेत बिडारीको छ । ‘तिनिहरु नेपाली होइनन । नेपाल बिरोधी हुन् । संविधानका विरोधी हुन्,’ उनले भने, ‘राष्ट्रियसभामा पेस भएको अपराध पीडित संरक्षण विधेयकमाथि गम्भीर छलफल गरेर लालु भएपछि मुलुकमा अपराध नियन्त्रण्का लागि ठूलो कोशेढुङ्गो हुनेछ ।’

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter