सुन्दा पनि अचम्मै लाग्ने घटना, एक विधालयको विधार्थी र शिक्षिका प्रेममा पर्छन् र १२ बर्षका बालकले ३४ बर्षकि शिक्षिकालाई गर्भवती बनाउँछन् । घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् ।

३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौन सम्पर्क पनि भएछ । झण्डै एक वर्षसम्मको शारीरिक सम्पर्कमा रहेका उनीहरुका विषयमा गाइँगुइँ चल्न थाल्यो । उनीहरुको सम्बन्ध अवैध थियो । त्यसैले नाबालिगसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा मेरीलाई पुलिसले पक्राउ गर्यो ।

उनलाई जेल सजायँ पनि भयो । तर जेलमा अनौठो घटना घट्यो । उनले जेलभित्रै बच्चा जन्माइन् । वास्तवमा उनको पेटमा विलीसँगको यौनसम्पर्कबाट बच्चा जन्मिएको थियो । बच्चा जन्मिएपछि उनलाई जेलमुक्त गरियो निगरानीमा रहने गरी । तर जेलमुक्त गर्ने बेलामा अदालतले उनलाई सख्त आदेश दिएको थियो, प्रेमी विलीसँग कहिल्यै पनि भेट गर्न नपाउने ।

तर जेलबाट निस्किने बित्तिकै विलीले अदालतको आदेशको खिल्ली उडाउन थालिन् । उनी एकपटक विलीसँग कारभित्र आपत्तिजनक अवस्थामा रहेको बेला पक्राउ परिन् । त्यसपछि उनलाई सात वर्षको जेल सजाय भयो । रोचक कुरा त के भने त्यो बीचमा उनी फेरि गर्भवती भएकी थिइन् । उनले जेलमै दोश्रो बच्चा जन्माइन् । यसपटक भने उनलाई पूरै ७ वर्षको सजाय काटेपछि मात्र जेलमुक्त गरियो । सन् २००४ मा जेलमुक्त भएसँगै मेरी पुनः विलीसँग सम्बन्ध कायम गर्न थालिन् ।

जब विलीको उमेर २० वर्षको भयो र कानूनी रुपमा विहेका लागि योग्य बने तब विली र मेरीबीच वैधानिक रुपमा बिहे भयो । त्यतिबेला मेरी चाहिँ ४२ वर्षकी थिइन् । बिहेअघि नै उनीहरुका दुईवटा बच्चा जन्मिसकेका थिए । मेरी जेलमा रहेको बेला विलीकी आमाले ती दुवै बच्चाको हेरचाह गरेकी थिइन् ।

बिहेपछि मेरीले थप दुई सन्तान जन्माइन् । अहिले मेरी र विली आफ्नो पूरै परिवार सहित वाशिंटनमा बस्दै आएका छन् । एक अन्तर्वार्ताका क्रममा विली र मेरीले आफ्नोजस्तै स्थितिमा नफस्न आफ्ना बच्चाहरुलाई सचेत गराएका थिए । एजेन्सी

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter