एजेन्सी – टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो ।

दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने घटनामा परि कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन । घटनाका बारेमा प्रहरीले विस्तृतमा अध्ययन थालेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter