काठमाडौं,भदौं ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकले संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई हिजो सोमबार बाट पदमुक्त गरिएको निर्णय गरेको छ ।

बैठकले गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषद बैठकले निर्देश गरे बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरे अनुरुपको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

संशोधित विधानमा केन्द्रिय कार्यसमिति २ सय ७७ सदस्यीय हुने उल्लेख गरिएको छ । जसमा ५० प्रतिशत महाधिवेशन बाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्ष बाट मनोनित गरिने छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter