भदाै, काठमाडाैँ । विभन्न ८ वटा संवैधानिक अायोगमा अध्यक्ष र सदस्यहरूकाे लागि दरखास्त अाह्वान गरिएको छ । संवैधानिक परिषदले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न दरखास्त अाह्ववान गरेको हो ।

८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाका लागि दरखास्त अाह्वान गरिएको छ । अाज पत्रिकामा विज्ञापन गरेर अध्यक्ष र सदस्य माग गरिएको अायोगहरू राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग, अादिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग रहेका छन ।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ । सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter