भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले नेतृत्व गरेको मोरङको बुढीगंगा गाउँपालिका आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजीखोजी जागिरमा लगाउने गरेका छन ।

गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले छोरीलाई कार्यालयमा भर्ना गरेका छन् । उनका भतिजालाई पनि सोही कार्यालयमा जागिर खुवाएका छन् । दुवैलाई अध्यक्षले करार नियुक्ति दिएका छन् । माझी स्थानीय तहमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए तर पछि प्रतिनिधिसभा निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग एकीरकण भएपछि उनी पनि कांग्रेसमा मिसिएका छन ।

माझी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारका विश्वासपात्र समेत हुन । गाउँपालिकामा सबै पदमा माझीकै प्यानल विजयी भएको थियो ।  विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने स्थानीय सरकार आफैं विधि र प्रक्रिया कुल्चिँदै आफन्तलाई जागिर खुवाउन उद्यत देखिएको र गाउँपालिकाका अध्यक्षले विधि नाघेको देखिएको छ ।

अनावश्यक दरबन्दी सिर्जना गरी अध्यक्ष माझीले छोरी, छोरा, भाई, भतिजा तथा आफन्त नियुक्त गरेको अन्य जनप्रतिनिधिले पनि बताएका छन । अध्यक्ष बालचन्द माझीकी छोरी सुनिता माझीलाई गाउँपालिकाको अनमीमा नियुक्त गरिएको छ । भतिज शिवराम माझीलाई अहेवमा नियुक्त गरेर जागिर खुवाइएको छ । अमिन विद्यानन्द चौधरी पनि अध्यक्षका निकट पर्छन् ।

गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बहिनी पवित्राकुमारी गच्छदारलाई स्वास्थ्य शाखाको अनमीमा नियुक्त गराएकी छन् । उपाध्यक्ष गच्छदार पनि नेपाली कांग्रेसकै हुन । अध्यक्षले छोरीलाई कार्यालयमा जागिर खुवाएपछि उपाध्यक्षले अध्यक्षलाई दबाब दिएर बहिनीलाई जागिर लगाएकी गाउँपालिकाका कर्मचारी बताउँछन ।

भागबण्डाका आधारमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र पकडवाला वडा सदस्यले पनि आफन्तलाई जागिर खुवाएको गाउँपालिकाको तथ्यांकमा देखिन्छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter