काठमाडौं । केही महिनासम्म सडकमा गीत गाएर पैसा माग्दै हिँड्ने बालक अशोक दर्जी र उनको परिवारको भाग्य फेरिएको छ । टहरोमा बस्दै आएको उनको परिवार हिजोबाट सुविधायुक्त नयाँ पक्की घरमा सरेको छ ।

संगीतकार टंक बुढाथोकीको पहलमा अशोकको परिवारका लागि पक्की घर निर्माण गरिएको हो । सोमबार दमकमा एक समारोह आयोजना गरी घर हस्तान्तरण गरिएको थियो । हाँस्यव्यंग्य कलाकार हरिवंश आचार्यको हातबाट अशोकका बाबुआमालाई साँचो हस्तान्तरण गरियो । उनीहरु हिजैबाट नयाँ घरमा बस्न थालिसकेका छन् ।

घर मात्र नभएर घरभित्रका सम्पूर्ण फर्निचरहरुको पनि व्यवस्था गरिदिएको बुढाथोकीले बताए । उनका अनुसार घरमा ४३ इन्चको टिभी राखिएको छ । यसैगरी होम थिएटर पनि बनाइएको छ । सोफासेट, डाइनिङ टेबल, दराज, टि-टेबल, पलङ, डाइनिङ टेबल लगायतका फर्निचरहरु पनि छन् । किचेनमा पनि फ्रिज, राइस कुकर, प्रेसर कुकरदेखि झर्काको थालसम्म खरिद गरेर दिइएको छ ।

चार कोठाको घर निर्माण र फर्निचर तथा अन्य सामग्रीका लागि करिब २५ लाख खर्च भएको बुढाथोकीले जानकारी दिए । माथि तीन तल्लासम्म उठाउन सकिने गरी बनाइएको उनको भनाई छ । ‘यो गाउँमा सबैभन्दा राम्रो घर नै यही हो,’ बुढाथोकीले सुनाए । घर निर्माणका लागि दाताहरुबाट २१ लाख रुपैयाँ जुटेको उनले जानकारी दिएका छन् । यसैगरी यूट्यूवमा पोष्ट भएका अशोकको भिडियोबाट ४ लाख रुपैयाँ आम्दानी भएको छ । घर हस्तान्तरण गरिसकेर अशोकको खातामा १-२ लाख वचत हुन सक्ने बुढाथोकी बताउँछन् ।

हरिवंशले अशोकको घरमा पुगेर ढोकाको ताल्चा खोलेका थिए । उनले यस कार्यका लागि टंक बुढाथोकी र डिजे रुपकलाई धन्यवाद दिएका छन् । घर हस्तान्तरणपछि अशोकलाई गाडमिा राखेर परिक्रममा समेत गराइयो ।
अनलाईनखबरमा प्रकाशित 

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter