छिमेको राष्ट्र भारतले सिमामा हस्तक्षेप गर्छ, अर्को छिमेकी रास्ट्र भारतले सिमा हस्तक्षेप गर्छ तर फकाई फकाई । सीमाको हस्तक्षेपको बारेमा मात्रै हामि नेपालि केन्द्रित भईराखेका छौं । तर नीतिगत हस्तक्षेपको बारेमा त्यति चासो दिएका हुदैनौं । नेपालको आन्तरिक मामिलामा अनावाश्यक बिज्ञप्ति, उदेश्य र कार्यक्षेत्र भन्दा बाहिर रहेर जासुसी गरिरहेका आई.एन.जी.ओ हरु, धर्मको प्रचार गर्दै क्षमतावान् जनशक्ति विदेश लैजाने र धार्मिक सहिस्नुता भड्काउने धर्म प्रचारक हरु, यिनीहरु छुट्टै नीति बनाएर नेपाल भित्रिने गर्दछन् र नेपाललाई अधोगति तर्फा मोड्दै छन् । विकसित ठुला ठुला देशहरुको व्यापारिक, गैरकानुनिक, जासुसी जस्ता कार्यहरुको प्रमुख ट्रान्जिटको रुपमा नेपाललाई लिएर यिनीहरु अगाडी बढीरहेका छन् ।

एउटा विदेशी नागरिक घुम्ने बहाना बनाएर नेपाल आउँछ, भिजा अवधि सकिंदा पनि फर्किंदैन । गाउँको एउटा विधालयमा केहि हजारका सहयोग गरेर त्यहीं पढाउने निहुँमा जासुसी गर्दै बस्छ । एउटा एन.जी.ओ मा भल्युन्टियर गर्ने बहानामा ऊ प्रत्यक कुराको जासुस गर्दै बस्छ । यस्तो गर्नाले नेपालको प्राकृतिक सुन्दरतामा रमाउन घुम्न चाहाने हरु प्रति पनि केहि जाने बुझेकाले यो जासुस हो जस्तो व्यबहार गर्ने गरेका छन् ।

यस्तै गरेकी छिन् एउटी पोल्याण्डकि महिला पत्रकार र मानावअधिकार वादीले । नेपालमा पाँच बर्ष बसी जासुसी गरेर अहिले उनीले नेपालको बारेमा यति नकारात्मक पुस्तक निकालेकि छन् कि त्यसले गर्दा नेपालबारे युरोपमा अति नै नकारात्मक असर पर्ने छ र युरोपेली मात्रै नभई विदेशी पर्यटनमा ठुलो क्षती पुग्नेछ । सरकारले पर्यटनमा ठुलै फड्को मार्ने लक्ष्य राखेको बेला युरोपमा यस्तो पुस्तक निस्किनु देशकै बेईज्जेती हुनेछ ।

पोल्याण्डकि पत्रकार र मानवअधिकारवादी कार्यकर्ता एड्याटा स्टेपक्जकले नेपालमा बडो आदर्श र सांस्कृतिक लगाईको रुपमा हेरिने सारीलाई बुर्काको दर्जा दिएकी छन् । नेपालको संस्कार र संस्कृतिनै भत्काउने गरि उनले लेखेकी छन्, “नेपालमा बुर्का भनेको सारी हो” ।

उनले पुस्तकको नामनै “नेपालमा बुर्का भनेको सारी हो” दिएकी छन् । पुस्तकको बाहिरि आवरणमा पोलिस भाषा मा नेपालमा बुर्का भनेको सारी हो” लेखेर एउटा सानी बालिकाको तस्विर छापिएको छ । उनले पुस्तकमा यति धावा बोलेकी छिन् कि, नेपालमा बहिनि बेच्छन् ।

उनले लेखेकी छन्, नेपालमा महिला जन्मनु एक अभिशाप हो, यो खराब कर्मको एक संकेत हो भन्ने मान्छन् । उनले लेखेकी छन् नेपालमा आफ्नी श्रीमतीलाई मार्न पाईन्छ र यो हत्या हैन आत्महत्याहो भनिदिए पुग्छ । नेपालमा एक आमा छोरा नजन्माउनु बेला सम्म गर्भवती रहनै पर्ने पनि उनको पुस्तकमा उल्लेख छ । “नेपालमा केहि बर्षकि सानी बालिका तब मात्र भाग्यमानि हुन्छिन् जब उनि कोहि साहुको घरमा नोकरको रुपमा जान पाउँछीन्” उनले लेखेकी छिन् । छोराको अपेक्षा र छोरीलाई उपेक्षा गर्दाले हजारौं शिशुको मृत्यु हुने र नेपालमा गर्भपतनको संख्या बढेको उनले लेखेकी छन् ।

उनले पुस्तकमा नेपालको पहिलो यात्रामा पहाड र चढ्ने प्रेमीको रूपमा गएको र एक कार्यकर्ताको रूपमा फर्केको उल्लेख गरेकी छन् । र त्यहाँ पाच बर्ष एक अज्ञात पश्चिमेली पर्यटकको रुपमा रहेर यी सबै कुरा थाहा पाएको उल्लेख गरेकी छिन् । उनले आफैँले पनि महिला हिँसा व्यहोरेको उल्लेख गरेकी छन् ।

नेपाल बारे यति नकारात्मक र धावा बोलेर लेखिएको यो पुस्तक सेप्टेम्बर १९, २०१८ मा सार्वजनिक गर्ने भनिएको छ । पोल्याण्ड र युरोपका बिभिन्न पत्रपत्रिका हरुले यो पुस्तक महिला हिँसा लाई टाढा बाट पनि हेर्न चाहँदैनन् उनिहरुले पढ्नै पर्ने भनेर फिचर समाचारका रुपमा प्रकाशित गरिरहेका छन् । प्रि बुकिंगमा नेपालि ८९१ रुपैंया पर्न आउने उक्त पुस्तक नेपाललाई संसारमा नाकारात्मक देखाउने यो पुस्तक सार्वजनिक गर्न रोक्ने वा यसमा लेखिएका कुरालाई चिर्ने सम्बन्धि सरकारी स्तरबाट धाय्न जाओस् । जय नेपाल आमा ।
हेर्नुहोस् यो पुस्तक सम्बन्धित युरोपमा छापिएका समाचार । 

https://kobieta.interia.pl/zycie-i-styl/ksiazki/news-burka-w-nepalu-nazywa-sie-sari-edyta-stepczak,nId,2615949#utm_source=paste&utm_medium=paste&utm_campaign=chrome

https://www.swiatksiazki.pl/Ksiazki/literatura-faktu-564/burka-w-nepalu-nazywa-sie-sari-6389032-ksiazka.html

https://outdoormagazyn.pl/2018/07/burka-w-nepalu-nazywa-sie-sari-nowa-ksiazka-edyty-stepczak/

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter