पोखरा, ६ भदौ / पोखरामा निमार्ण भईरहेको अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलको डिजाईन टुंगो लागेको छ । बुधबार पोखरामा आयोजीत कार्यक्रममा डिजाईन सार्वजनिक गरिएको हो । पर्यटन तथा नागरिकम उड्यानमन्त्री रविन्द्र अधिकारी सहितको टोलीलाई भिडियोबाट डिजाईन देखाएर सार्वजनीक गरिएको हो । बुधबार देखी नै विमानस्थलको टर्मिनल भवनको काम पनि सुरु भएको छ । अधिकारीले भवनको शिलान्यास गरे ।

विमानस्थलको अहिले सम्म १५ प्रतिशत भन्दा बढि काम सम्पन्न भईसको छ । करिब डेढ बर्षपछि टर्मिनल भवनको डिजाईन पूरा भएको हो । २०७३ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एयरपोर्टको शिलान्यास गरेका थिए ।२०२० जुलाई सम्ममा काम सक्ने लक्ष्य लिईएको एयरपोर्ट निर्माणको काम विभिन्न कारण देखाउँदै एक बर्ष थप गरिएको छ । सन् २०२१ को जुलाई पहिलो तारिखमा निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गर्ने र सोही दिनदेखि विमानबाट उडान भर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

र यसै बीच मन्त्री अधिकारीले विमानस्थलको रन वेका लागि थप जग्गा आवश्यक नभएको र थप जग्गा अधिग्रहण नगर्ने जनाए । हेर्नोहोस् पोखरा विमानस्थलको फाइनल डिजाइन:

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter