पोखरा ,१० भदौ / पोखरा २१ कृस्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्रभावकारी व्यवस्थापन गर्न स्थानीयले छलफल गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको सेवा स्तर बृद्धि गरि जिल्ला अस्पताल सरह स्थर बृद्धिका लागि पहल गर्ने थाल्न स्थानीयले सुझाब दिएका छन् । कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापाले लक्ष्य प्राप्तीका लागि एकिकृत रुपमा काम गर्नुपर्ने बताउदै जनताले दिएको जिम्मेवारी पुरा गर्न तत्पर रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष खगराज आचार्यले आगामी बर्ष स्वास्थ्यका लागि काम गर्ने बताउदै अव सुरक्षित मातृत्व अन्तर्गत गर्भवती महिलाको घरमा वडा कार्यालयले झण्डा गाड्ने बताए ।

सुत्केरी हुनुभन्दा करिब एक महिना अगाडी झण्डा गाडिने र सम्पूर्ण गर्भवती महिलाहरु स्वास्थ संस्थामै गयर वा महिला स्वास्थ स्वयम् सेविकाहरुको सहयोगमा सुत्केरी हुने गरि ब्यबस्था वडाले गरेको बताए । जान नसक्ने र आर्थिक अबस्था कमजोर भएकाहरुका निम्ति वडाले विषेश व्यबस्था गर्ने उनले बताए । कार्यक्रममा नेकपाका जिल्ला नेता खड्क हमाल, श्रीराम सुवेदी, झपट रानाभाट नेपाली कांग्रेस क्षेत्रिय सभापती बिजयराज आचार्य, समाजसेवी पूर्णवहादुर थापा, कृष्ण थापा मगर, विश्वबन्धु पोख्रेल, कमल भुजेल, महेश्वर भण्डारी, क्रृषि भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।
– ganthan.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter