काठमाडौं, भदौं १२ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि आरोप लगाउँदा बिगतमा आफूले गरेको कामसहित अहिलेको आफ्नो अनुहार हेर्न कांग्रेससहित बिपक्षी दलहरुलाई चुनौती दिनुभएको छ । संघीय संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकी संहितादेखि सरकारले गरेको काममा तथ्यका आधारमा बहशमा आउन चुनौती दिनुभएको हो ।

‘मुलुकी ऐन दुई तिहाइको दम्भमा आएको हो ? पोहोर साल भदौंमा यसै सदनबाट पारित भएको हो, पास हुँदैखेरी आगामी बर्षको भदौंबाट लागू हुने भनिएको थियो, अव कसरी अहिलेको सरकारमाथि आरोप लगाउने काम गर्नुभयो ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो नेतृत्वमा सरकार भएको बेला मुलुकी ऐन जारी भएकोमा गर्व गर्ने अनि त्रुटीपुर्ण पनि छ भन्ने ? त्रुटीपुर्ण भएको भए किन गर्व गर्नुभयो, त्यो आरोप चाँही कसलाई लगाएको हो रु त्रुटी छ भने घिनलाग्दो राजनीति नगर्नोस, छलफल गरेर सच्याऔं ।’

प्रधानमन्त्री ओलीले कांग्रेसलाई स्वस्थ र सार्थक बहशमा आउन चुनौती पनि दिनुभयो । ‘कानून हामीलाई चाहिएको हो, संसदले नै बनाएको हो, त्रुटी रहेछ भने यहीबाट सच्याऔं, भूलचुक भए पनि यसै सदनबाट भएको हो, यहीबाट सच्याऔं, फोहोरी र घिनलाग्दो राजनीति नगरौं, एउटै बक्तब्यमा मुलुकी संहिता जारी गर्न पाएकोमा गर्व गर्दै त्रुटीपुर्ण पनि छ भनेर अरुलाई आक्षेप नलगाऔं, छलफल गरेर सच्याऔं,’ प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले गत बर्षको भदौंमा कांग्रेस नेतृत्वको सरकार हुँदा संसदबाट पारित भएको संहितालाई लिएर आफू नेतृत्वको सरकारमाथि आक्षेप नलगाउन पनि सुझाउनु भयो । ‘के भएको यो ? पोहोर बनेको कानूनको दोष पनि अहिलेको सरकारमाथि लगाउने ? पोहोर मरिन सासु, अहिले आयो धरधरी आँसु, यो के भएको हो ? यति सारो दुनियाँ हसाउने काम नगरौं,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वको सरकारले त्रुटीपुर्ण कानून बनाएको भएपनि आफू सच्याउन तयार रहेको जानकारीसमेत दिनुभयो । मुलुकी संहिता बनाउँदा कस्को सरकार थियो ? त्यतातिर आरोप नलगाऔं, जस्ले बनाएको भएपनि त्रुटीपुर्ण छन भने अहिले सच्याऔं, यो नै सही बिधि हो, प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले ननइस्यूमा संसद अवरोध गरिएको भन्दै अव त्यस्तो गल्ती नगर्न सुझाउनु भयो । ‘ननइस्यूमा संसद अवरोध गरियो, अव संसदलाई प्रभावकारी बनाऔं,’ उहाँको भनाई थियो । सरकारले डेलिभरी दिएन भन्ने प्रतिपक्षीको आरोप सरकारले गरेको कामबबाटै खण्डित भइसकेको उहाँको भनाई थियो । संबिधानले तय गरेको समयसीमामभित्र मौलिक हकलगायतका कानून बनाउनु पर्ने बेला ननइश्यूमा संसद अवरोध गर्ने कामबाट कानून निर्माणमै असर परेकोभन्दैप्रधानमन्त्री ओलीले अव सवैले आफ्नो दायित्वअनुसार काम गर्नुपर्ने बताउनु भयो।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter