भदाै- १२ , गोरखा / गोराखामा न्वारनको दिन हराएकी एक बालिका खाल्डोमा गाडिएको अवस्थामा मृत भेटिएकी छिन । यही भदाै ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनकी बालिका घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गोरखाको सिरानचोक गाउँपालीका २ थालाजुङ खमारीका सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका भण्डारी ओछ्यानबाटै हराएकी थिइन् ।मंगलबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको प्रहरी जनाएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter