गोरखा, भदौ १५ / गोरखा सदरमुकाममा पहिलो पटक थ्रिस्टार स्तरको होटल बन्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गोरखा गार्डेन रिसोर्ट बनाउन लागेको हो । गोरखा र चितवनका ब्यबसायीहरुको सामुहिक लगानीमा १३ रोपनी क्षेत्रफल भित्र रिसोर्ट बन्नेछ ।

जग्गामात्रै ३ करोड २० लाख रुपैयाँमा किनेको प्रालीका उपाध्यक्ष बद्री मास्केले जानकारी दिए । उनका अनुसार रिसोर्ट निर्माणको काम आधाआधि सकिएको छ ।

रिसोर्टमा ६० वटा कोठा हुनेछन् । ३५० जना अट्ने सेमिनार हल रहनेछ । प्रालिमा गोरखाका ब्यबसायीको ४० प्रतिशत र चितवनका ब्यबसायीको ६० प्रतिशत शेयर लगानी छ । भरतपुरको चितवन गार्डेन रिसोर्टका लगानीकर्ताकै अगुवाईमा गोरखा गार्डेन रिसोर्टको तयारी गरिएको हो ।
dnaanepal.com मा खबर छ 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter