काठमाडौँ, १६ भदौ। बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter