काठमाडौं, भदौं १८ — धरहरा निर्माणको ठेक्का जिआइइटीसीररमन जेभीले पाएको छ । राष्ट्रिय पुनस् निर्माण प्राधिकरणले आइतबार खोलेको आर्थिक प्रस्तावमा उक्त कम्पनीले सबै भन्दा कम रकम कवोलेकोले छानिएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने कार्य स्थगित हुने गरेको थियो। प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइकरलामा जेभी, सिआर ५ सिइसीरस्वच्छन्द जेभी, कुमाररसिएफइसी जेभी, जिआइइटीसीररमन जेभी, सिआइसिओरकालिकाररसुवा जेभी छन्। जेसिजिआइसिसीरआशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको थियो।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ। धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ। यसअघिको धरहरा नौ तलाको थियो।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छ। अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ। धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ। भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter