सिन्धुपाल्चोक, भदौं १८ – आइतबार बेलुका काठमाडौंको जहरसिंङ पौवामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।सिन्धुपाल्चोकको तिपेनिबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८१४ नंम्बरको आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा सागर श्रेष्ठ, अनु थापा, तारा थापा, सन्खा गोले, दिल बहादुर राई र राजन राउत रहेको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सागर श्रेष्ठ र दिल बहादुर राई गम्भीर घाइते भएका छन् । घाइतेहरुको सुष्मा कोइराला मेमारियल अस्पताल, साँखु र विर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।