काठमाडौं,भदौं १८ – दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले अग्रिम टिकट बुकिङ आउँदो २४ गतेबाट खुल्ने भएको छ । टिकट बुकिङ खोल्न लागेको हो । यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको हो ।

उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दशैं मनाउन बाहिरिने गर्दछन् । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ । देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने अनुमान गरिएको छ ।

तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो । यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

यो वर्षको दशैंको टीका आउँदो कार्तिक २ गते परेको छ भने असोज २४ गते घटस्थापना छ । घटस्थापनका लागि दिनदेखि अग्रिम टिकट बुकिङ गरेको सवारी चल्ने गर्दछन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter