काठमाडौं, भदौं १८ – आजबाट साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

आजबाट तीन दिन सम्म चल्ने सम्मेलनमा साउथ एसिया, युरोप र अरेबीयन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवलीले महिलालाई आर्थिक रुपमा पनि स्वतन्त्रता दिने अवस्था सृजना गर्दै उनीहरुलाई लगानीमा उत्साहित बनाउनु पर्ने बताएका छन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter