काठमाडौं,भदौं १९ -अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ । अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो । ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषद्मा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर ६० नै कायम गरिएको छ । संघीय मामिलाले तयार गरेको शुरुको मस्यौदामा ५८ राखिएको थियो । मन्त्रालयले सहमतिका लागि अर्थमा पठाउँदा अर्थले अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । अर्थमन्त्री डा। युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले सरकारमाथि थपिँदै गएको निवृत्तिभरणको बोझ, औसत आयुमा भएको वृद्धि, सबै तह र सेवामा देखिएको अवकाशित उमेरको विविधता, प्रदेश र स्थानीय तहको नयाँ संरचनामा अनुभवी कर्मचारीको आवश्यकतासमेतलाई दृष्टिगत गरी अवकाशको उमेर हद ५८ बाट ६० वर्ष कायम गर्ने निर्णय गरेको थियो ।

यसलाई कानुन मन्त्रालयले ठाडै इन्कार गरेर पुनः ५८ कायम गरिएको बुझिएको छ । पुराना कर्मचारीले स्वतः अवकाश पाउने र नयाँ प्रविधिमा पोख्त कर्मचारी आउने भएकाले प्रविधिमैत्री, ऊर्जा र उत्साहवान् जनशक्ति थपिने हुँदा सरकारी सेवामा थप छिटो छरितोपना आउने विश्लेषण गर्दै ५८ वर्ष नै उमेर कायम गरिएको कानुन मन्त्रालयको भनाइ रहेको छ । अर्थ, कानुन र संघीय मामिलाबीच लामो समयको रस्साकस्सीपछि बल्लतल्ल मस्यौदा मन्त्रिपरिषद्मा पुगेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter