काठमाडौं,भदौं १९ – यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा राति १० बजेसम्म सवारी साधन चलाउने निर्णय गरेको छ । राति ८ बजेपछि यात्रुहरु अलपत्र परेको गुनासो बढ्न थालेपछि हतारमा कोच्चिएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले रातको १० बजेसम्म सवारी चलाउन निर्णय गरेको हो ।

अहिले साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ ।

साझाले राति साढे ८ बजेदेखि ११ बजेसम्म बस सेवा दिए पनि सबै रुटमा सेवा दिन सकेको छैन् । विभागका अनुसार सबै सार्वजनिक सवारी कम्पनीहरुले राति १० बजेसम्म आफ्नो सवारी चलाउने करारनामा गराए मात्रै रुट इजाजत पाउनेछन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter