काठमाडौं,भदौं १९ – काभ्रेको बनेपामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। आफूले काम गर्दै आएको होटल साहुले नै कोठमा पुर्‍याइदिने भन्दै आइतबार बेलुकी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आइतबार दिउँसो बनेपास्थित होटलमा काम सकेर साँझ दिदीको कोठामा फर्कने क्रममा बलात्कृत भएकी हुन्। खोटाङ घर भई हाल बनेपामा बस्दै आएकी १७ वर्षीया (ममता) नाम परिवर्तनलाई धुलिखेल ११ का रामशरण हुमगाईले कोठामा लगेर जबरजस्ती करणी गरेको जनाईएको छ । एक हप्ता अघिदेखि होटलमा काम सुरु गरेकी उनलाई साँझ ७ बजे कोठामा पुर्‍यादिने भनेर आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख छ।

आरोपित हुमगाईलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरिले जानकारी दिए।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter