काठमाडौं, २१ भदौ। सिरहामा फेरि एक युवती बलात्कारको सिकार भएकी छन् । यहाँको मिर्चैया बजारमा एक युवतीलाई ३ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।घटनापछि प्रहरीले बलात्कारमा संलग्न १ जनालाई समातेको । समातिने मिर्चैया नगरपालिका–५ का रितेश साह हुन् । उनी घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उदयपुरकी ती युवती भदौ ११ गते उपचार गराउन मिर्चैया आएकी थिइन् । घटनाका दिन साँझको गर्मी छल्न पार्कमा घुम्दै गर्दा उनलाई ३ जनाले आँपको बगैंचामा लगेर पालैपालो बलात्कार गरेका थिए ।पीडित महिलाको भनाइलाई उद्धृत गर्दै प्रहरीले घटनामा ३ जनै संलग्न रहेको बताएको छ । मिर्चैया प्रहरी प्रमुख डिएसपी दीपेन्द्र साहका अनुसार घटना भएको ७ दिनपछि भदौ १८ गते इलाका प्रहरी कार्यालयमा पीडित युवतीले जाहेरी दर्ता गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

युवतीले दिएको जाहेरीको आधारमा आरोपित साहलाई पक्राउसमेत गरिसकेको डिएसपी साहले जानकारी दिए ।बलात्कारमा संलग्न अन्य आरोपित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter