नवजात शिशु हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवजात छोरीको हत्या आरोपमा प्रहरीले फलेवास नगरपालिका १० कुर्घाकी १७ वर्षीया किशोरीलाई घरबाटै पक्राउ गरेको हो । गएको भदौ १८ गते कुर्घा फाँटको कुलोमा नवजात शिशुको शव बगिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

लगत्तै घटनास्थलमा पुगेको प्रहरी चौकी फलेवाससहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा आमाले नै छोरीको हत्या गरेर कुलोमा फालेको भन्ने खुलेका कारण नाम उल्लेख नगरिएकी ती युवतीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । युवतीलाई जिल्ला अदालत पर्वतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
गण्डकन्युजका लागि महेन्द्र जी.सीले लेखेका छन् 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter