पोखरा, २२ भदौ/ पोखरा ५ मालेपाटनमा मोटर साइकल र स्कुटर ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । ग १४ प ६७०९ नम्बरको मोटरसाईकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा पाँच जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर बस्ने वर्ष ३३ की रिता

थापा, स्कुटर पछाडी सवार वर्ष ३५ की रमा बानिया, वर्ष ६ की प्राप्ती बानिया रहेका छन् । त्यसै गरी मोटरसाईकल चालक पोखरा १५ नयाँगाउ बस्ने वर्ष २१ का टेक बहादुर गुरुङ र पछाडी सवार वर्ष २० की मनिता गुरुङ रहेका छन् । घाईतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको र दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter