काठमाडौं,भदौं २४ – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको समूह ‘बी’ को खेलमा माल्दिभ्सलाई भारतले २–० गोलले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

भारत समूह ‘बी’ को विजेता भन्दै अन्तिम चारमा पुग्यो भने माल्दिभ्स समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्यो। भारतले समूहका दुवै खेल जित्यो। माल्दिभ्स र श्रीलंकाले एक आपसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २–० गोलको हार बेहोरेका थिए। गोल अन्तर र हेड टु हेडमा दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेताको टुंगो लगाइएको थियो।

श्रीलंका र माल्दिभ्स दुवै टिमले भारतसँग समान दुई गोलको अन्तरमा हारेका कारण दुवै समान स्थितिमा थिए । समूह उपविजेताकाे निर्धारण टसबाट भएकाे थियाे । टस जित्दै सेमीफाइनलमा मालदिभ्सले स्थान बनायाे ।
नेपालले बुधबार सेमिफाइनलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter