काठमाडौं,भदौं २५ – काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।

प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए । पीडित बालिकाको उद्दार गरिएको छ । दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter