२५ भदौ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा एउटै डोरीमा झुण्डिएर दुर्इजनाले अात्महत्या गरेका छन । एउटै डोरीमा झुण्डिएका तीन मध्ये एक छोरा भने डोरी छिनेर बाँचेका छन । एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको र पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

बुढीगंगा गाउँपालिकामा अमा  २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले बताए । कवितासँगै ५ वर्षीय अमनको मृत्यु भएको छ । केसीका अनुसार डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् । गरिबीले प्रताडित उनले परिवार पाल्नै कठिन हुने भएपछि अात्महत्याको बाटो रोजेको स्थानीयले बताएका छन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter