पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नामबाट लेखनाथ हटाइएको छ । नेपाल सरकारको स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४ उपदफा ३ बमोजिम नगरसभाको दुई तिहाई बहुमतले लेखनाथ हटाएको थियो ।

नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम हुनेछ । नाम लामो भएको भन्दै कार्यपालिकाका दुईतिहाई भन्दा बढी सदस्यहरुले लेखनाथ हटाउन सरकारलाई सुझाव पठाएका थिए । सरकारले केही समयअघि मन्त्रिपरिषद्बाट निर्णय गर्दै आज राजपत्रमा प्रकाशन गरेको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter