पोखरा, भदौ २७ / बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो ।

दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए । उनका अनुसार म्याग्दीको गुईंठे, दाना, रुप्से झरना क्षेत्रमा ठूलो पहिरो झरेको छ ।

‘रुप्सेको पुलमा गाडी तार्न सकिँदैन । ठाउँठाउँमा बाटो पुरै बगाएको छ, उनले भने–तलबाट कालिगण्डकीले खोलेको छ । माथीबाट बाटो झरेको छ ।’ एकहप्तासम्म बाटोमा गाडी चलाउन नमिल्ने उनी बताउँछन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter