२९ भदाै, काठमाडाैँ । उच्च अदालत बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न शुक्रबार अादेश दिएकाे छ।

उच्च अदालतका न्यायाधीशद्धय नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश बदर गरेको हो । लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाईगर्दै अदालतले थुनमुक्त गर्न अादेश दिएको हो । अदालतका रजिष्ट्रार नारायण रेग्मीले लाेहनीलार्इ साधारण तारेखमा राखेर मुद्दाकाे सुनवार्इका लागि अादेश भएकाे जानकारी दिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter