काठमाडौं,भदौं ३० — क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सन्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए । भट्टको मुलघर नवलपरासीको परासी बजार रहेको बुझिएको छ ।

अध्ययनसँगै उबर चालक रहेका भट्ट बुधबार राति घरबाट आमाले पकाएको खाना खाएर काममा जाने भन्दै हिँडेका परिवारको एक सदस्यले कान्तिपुरलाई बताए । उनी निस्के लगत्तै कोठामासँगै बस्ने साथीले सुसाइड नोट देखेपछि परिवारलाई खबर गरेका थिए । भट्टले नोटमा आफू जिन्दगीबाट विरक्तिएको र समुद्रमा हामफाल्न हिँडेको उल्लेख गरेका थिए ।

कन्ट्राकोष्ट कम्युनिटी कलेजबाट अध्ययन सकेर, सानफ्रान्सिस्को स्टेट युनिभर्सिटीमा भर्ना हुने सुरसारमा रहेका भट्टले सानराफेल पुलबाट हामफालेर आत्महत्या गरेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि करिब २ बजे बिहान शव फेला परेको थिए । पोष्टमार्टम भइसकेको भट्टको शुक्रबार दाहसंस्कार गरिनेछ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter