पोखरा, १ असोज। पोखरा ८ सिर्जनाचोक स्थित फिस्टेल सेक्युरिटी सर्भिस (लक्की मेनपावर) का सञ्चालक रसबहादुर गुरुङलाई कालोमोसो दलिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठनका रुपमा चिनाउने योङ रेड फोर्स नेपाल, कास्कीसँग आबद्ध युवाहरुको समूहले आज दिउँसो साढे २ बजे गुरुङलाई कालोमोसो दलेको हो ।

सो समूहले अफिसमै पुगी अबैध मेनपावर धन्दा चलाएको भन्दै अनुहारमा कालो मोसो लगाएर अफिसमा ताला लगाई र पोष्टर टाँसेर भागेको प्रहरीले जनाएको छ । योङ रेड फोर्स नेपाल, कास्कीको नाममा टाँसिएको पोस्टरमा तमाम खालको विकृति र विसंगति, दलालीकरणका विरुद्ध विना सम्झौता लड्ने कुरामा प्रतिबद्ध रहेको जनाइएको छ ।

आफूहरुको लामो समयको अध्ययनपछि लक्की मेनपावर विना इजाजत अवैध रुपमा सञ्चालनमा रहेको, सेक्युरिटी कम्पनीको नाममा मेनपावर धन्दा चलाएको, दर्जनौं युवाहरुलाई विदेशमा अलपत्र पारेको, महिलाहरुलाई अवैध रुपमा दिल्लीको बाटो हुँदै बेचविखन गरेको र विदेशबाट ठगिएर आएका युवालाई पैसा फिर्ता नगरी डर धम्की दिएको आरोप लगाइएको छ ।

साभार श्रोत: गण्डकन्युजका लागि रन्जन अधिकारिले तयार पारेका हुन् !

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter