काठमाडौं,असोज १- संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिणी सुडानमा खटिएका नेपाली सेनामाथी बिद्रोहीले आक्रमण गरेको छ । आक्रमणबाट गोली लागि नारायण दल गणका सिपाही भेष निरौला घाइते भएका छन ।
दक्षिणी सुडानको एइ भन्ने स्थानमा खटिएको नारायण दलको १७० जनाको टोलीमा रहेका निरौलालाई आक्रमणकारीले आक्रमण गरी घाइते बनाइदिएको छ ।

उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो । घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र घाइतेको अवस्था खतरामुक्त रहेको पनि सेनाले जानकारी दिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter