काठमाडौं -राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक तह कक्षा १२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले भदौ १६ गते सञ्चालन गरेको माध्यमिक तह कक्षा १२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा कुनै एक विषयमा अनुपस्थित हुने र कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीहरु सहभागी भएका थिए ।

ग्रेडबृद्धिको परीक्षामा ७६ हजार २ सय २७ जना परीक्षार्थीहरु सहभागी भएको बोर्डले जानकारी दिएको छ । परीक्षार्थीहरुले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np गएर हेर्न सक्नेछन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter