काठमाडौँ, ७ असोज  / नेपालमा बाघको संख्या थपिएको तथ्याक सार्वजनीक भएको छ । नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको र ३७ बाघ थपिएको पाइएको छ ।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको बताउनुभयो ।

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताउनुभयो । विभागले गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो सङ्ख्या सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

नेपालको तराई–भूपरिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमी क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी(६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter