स्याङ्जा, ७ असोज । स्याङ्जामा डिउटीमा रहेका एकजना प्रहरी जवानले आफ्नै राईफलले आफ्नै च्यापुमा गोली हानेर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार कारागार सुरक्षा गार्ड स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन् । गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter